अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरले २१२औँ भानु जयन्तीका अवसरमा अष्ट्रेलियाको सिड्नीमा ‘अनेसास कविता महोत्सव, २०२५’ आयोजना गरेको छ ।
सिड्नीको प्रिशा इभेन्ट, ब्ल्याकटाउनमा कविता महोत्सव सम्पन्न भएको अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले जानकारी दिनुभयो ।
महोत्सवको सुरुआतमा आदिकवि भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दै दमन्ती पराजुलीले भानुभक्तले रचना गर्नुभएको कविता वाचन गर्नुभएको थियो । महोत्सवमा विशेष अतिथिहरु वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि एवं साहित्यिक सर्जकहरु जीवराज घिमिरे, त्रिपुरा पौडेललगायतले कविता वाचन गर्नुभएको थियो ।
साथै महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, ऋचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा, डा गणेश केसी, सुमन थापा सङ्गम, मुक्तिराम पोख्रेल, चतुर्भुज खरेल, भावना पराजुली, जेनिशा गौतम, विष्णु घिमिरे, आयाम घिमिरे, डा राजु मानन्धर, प्रवीन टन्डन, राम कोइराला, राहुल अर्याल, नेत्रप्रसाद पौडेल, सन्तोष रिजाललगायतले आफ्ना रचना वाचन गर्नुभयो ।
त्यस अवसरमा प्रमुख अतिथि गैरआवासीय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले विदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको महत्व र अनेसासको सक्रियताको प्रशंसा गर्दै एनआरएन अस्ट्रेलिया नेपाली भाषा र साहित्यको उत्थानमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, अनेसासका पूर्वअध्यक्षद्वय महेन्द्र पौडेल र सानु घिमिरेले संयुक्त रुपमा ‘अनेसास बोर्ड अफ अनर’को उद्घाटन गर्नुभयो । जसमा अनेसासको स्थापनादेखि हालसम्मका अध्यक्षहरुको नाम र कार्यकाल उल्लेख गरिएको छ ।
कार्यक्रममा निरन्तर साहित्यिक सक्रियता र पुस्तक प्रकाशनसहित अनेसासलाई सहयोग गर्ने संस्थाका सल्लहाकार राम कोइरालालाई अनेसास वर्ष अवार्ड प्रदान गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्