नेपाल । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा जनता माध्यमिक विद्यालय बर्दिबासको सभाकक्षमा २१२ औँ भानु जयन्ती मनाइएको छ । यस अवसरमा भानुको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
सो कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेका साथै सचिव रामचन्द्र पौडेलका साथै महोत्तरी, धनुषा तथा सर्लाहीका साहित्यकार प्रेम घिमिरे, राजेश्वरी काफ्ले, दिनेश गरिब पौडेल, नारायण घिमिरे, उद्धव अविचल, गणेश घिमिरे, बिपिराज दहाल, निरप्रसाद शर्मा, गणेश तिमल्सिना, रमेश बस्नेत, विणा हमाल अनि भारतीय कवि मो। कमरुद्दिन नदाफले आआफ्ना कविता, गीत, गजल प्रस्तुत गरेका थिए । यसैगरी रचना वाचन गर्नेहरूमा नारायण खड्का, अम्बिका दहाल, बोधराज दहाल, नेत्र रम्तेल, प्रकृति पाण्डेलगायत थिए ।
कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका रमेशमोहन अधिकारी, पत्रकार गोपाल बराल, तथा प्रधानाध्यापक तोपबहादुर ठकुरीले भानुभक्तको व्यक्तित्व र कृतित्वका वारेमा प्रकाश पारेका थिए ।
बुढ्यौली साहित्य समाज महोत्तरीका सदस्य मोहन गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नारद काफ्लेले र सभाध्यक्षता अध्यक्ष लालबाबु पोखरेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्