३० असार २०८२, सोमबार

आफू रास्वपा र माओवादी नभएकाले भ्रष्टाचार र अनैतिक काम नगर्ने प्रधानमन्त्री ओलीको दावी

कोलोराडोखबर संवाददाता , July 14th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रास्वपा र माओवादी नभएकाले भ्रष्टाचार‚ अनैतिक र गैरकानूनी काम नगर्ने दावी गरेका छन्।

उनले आफ्नो स्पेन भ्रमण सफल भएको सहन नसकेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले वाइसिएल लगाएर भ्रम फैलाएको आरोप लगाएका छन्।

झापाको बिर्तामोडमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्