३० असार २०८२, सोमबार

२५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 14th, 2025

नेपाल । काठमाडौं महानगरपालिकाले आव २०८२–८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले आव २०८२–८३ को लागि उक्त रकम पेस गरेकी हुन्।

महानगरको नीति तथा कार्यक्रमलाई साकार पार्न २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य व्यायाभर हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रकमको अनुमानित रकम पेस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्