नेपाल । अब बैंकैपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् । ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैंकका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिन लागेको हो ।
जति वटा बैंकमा खाता खोल्यो छुट्टाछुट्टै केवाइसी भनुपर्ने बैंक तथा वित्तीय संस्थाको प्रावधानले सेवाग्राही हैरान भएका थिए । यसबारे सर्वत्र गुनासो आइरहेपछि राष्ट्र बैंकले सुधारको पहल सुरु गरेको हो ।
ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवस्था भए अनुसार केवाइसी विवरण कुनै बैंक तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचयपत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्