नेपाल । सर्जक राजीव श्रेष्ठका दुई पुस्तक ‘अनाहक प्रश्नहरू’ (कविताकृति) र ‘सफलताको आयाम’ (जीवनवृत्त) सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कृति लोकार्पण गर्दै प्राडा दयाराम श्रेष्ठले राजीव आशावादी कवि भएको उल्लेख गरे । राजीवका कवितामा कतैकतै विद्रोह पनि भेटिएको उनले बताए । उनले कविलाई सिर्जनामा निरन्तर लागिरहन शुभकामना दिए ।
डा. जीवलाल बस्यालले जीवनवृत्त कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै विभिन्न व्यक्तिको जीवनी महत्त्वपूर्ण रूपमा आएको बताए । लोकार्पित कविताको पुस्तकमाथि साहित्यकार विमल भौकाजीले पाठकीय टिप्पणी राखे ।
निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखक श्रेष्ठ कवि मात्र नभएर निबन्धकार पनि भएको बताए ।
कार्यक्रममा छविरमण सिलवाल, कृतिकार राजीव र सुभद्रा अधिकारीले पनि बोले । सार्वजनिक कविताकृतिबाट पूर्णबहादुर श्रेष्ठ, तारा केसी र विश्व सिग्देलले एक–एक कवितावाचन गरे ।
प्रतिक्रिया दिनुहोस्