२१ भाद्र २०८२, शनिबार

विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाको अध्यक्षमा मणिराज सिंह चयन

कोलोराडोखबर संवाददाता , July 13th, 2025

नेपाल । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) को नेपाल शाखाको पुनर्गठन गरिएको छ । भानुजयन्तीको अवसर पारेर आयोजित अधिवेशनबाट मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

दुई वर्षका निम्ति चयनित समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराम सापकोटा, उपाध्यक्षमा रवीन्द्र आशिष शैली र उषा आचार्य, महासचिवमा अञ्चु सुवेदी, सचिवमा लेकप्रसाद प्याकुरेल, सहसचिवमा सुनिता अधिकारी र कृष्णबहादुर केसी, कोषाध्यक्षमा द्वारिका कुइँकेल र सहकोषाध्यक्षमा जॉयस जया छानिएका छन् ।

समितिका सदस्यमा डा. देवी पन्थी, मणिराज खनाल, तोयनाथ सुवेदी, प्रकाश अधिकारी, सुरेशकुमार पाण्डे, चन्द्र रावत ‘गुराँस’, बाबुराम आचार्य, ढुण्डीराज ढकाल, बोधकुमार घिमिरे, राजेश्वरी काफ्ले, प्रेम थापा, हरिप्रिया रिजाल, प्रेम ओली ‘ढकालपुरे’, भुवन सिवाकोटी ‘चौघरे’, इन्दिरा चापागाईं, हारित रेग्मी र नीला घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्