नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरोबाट ठुलो मात्रामा धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्ने माग राखेको छ ।
माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले रसुवागढी नाकालगायत देशैभर बाढीपहिरोले जनता पीडित भएकाले राज्यले उद्धार र राहतको कार्यमा तत्परता देखाउनुपर्ने सुझाव दिएको हो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मनसुन सुरु भएलगत्तै देशैभर बाढीपहिरोले धनजनको क्षति पुर्याएकाले त्यसमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्