२६ असार २०८२, बिहीबार

रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर उतै बसेका होइनन् ?-गृहमन्त्री लेखक

कोलोराडोखबर संवाददाता , July 10th, 2025

नेपाल । रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएको विषय उठाइरहेको बेला गृहमन्त्री रमेश लेखकले रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको विषय संसदको रोस्टमबाटै सम्झाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रवि लामिछाने कुनै समय अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ? भनी प्रश्न गरे ।

यदि भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्