नेपाल । वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री एवं पूर्व सांसद अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको असार २३ गते अष्ट्रेलियामा उपचारका क्रममा निधन हो । स्वर्गीय रेग्मी विसं २०१५ को प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं ९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको २०४७ सालको अन्तरिम सरकारमा उहाँ आवास तथा भौतिक योजना मन्त्री हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, पाल्पा तानसेन नगरपालिका वडा नं २, मेहलधारामा जन्मनुभएका स्वर्गीय रेग्मीले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्