नेपाल । नेपाली भाषा साहित्यमा समर्पित स्याङ्जास्थित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले हालै यस्तो निर्णय गरेको हो ।
शिक्षासेवी तथा स्रष्टा चूडामणि अर्यालको संरक्षकत्वमा स्थापित उक्त पुरस्कार नेपाली लोक–साहित्य तथा संस्कृतिमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिष्ठानले साहित्यका विभिन्न विधामा चार वटा पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्