२४ असार २०८२, मंगलवार

संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

कोलोराडोखबर संवाददाता , July 8th, 2025

नेपाल । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

असार १६ गते सुरु भई सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल एवं अन्य राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग पनि कार्यदलले संवाद गर्ने छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि अझै प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनुभयो ।

बैठकले सुनको बिक्री प्रक्रियामा कायम कोटा र वितरण प्रणालीको एकाधिकार उचित नभएकाले तत्काल खारेज गर्न र यस क्षेत्रका समस्याको दीर्घकालीन समाधानार्थ सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्