२४ असार २०८२, मंगलवार

बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 8th, 2025

नेपाल । पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ ।

असार २१ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पर्ण गरेका हुन् ।

यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएको छ । कृतिमाथि प्रा. केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरे ।

मिलाप पब्लिकेसनद्वारा उक्त कविताकृति प्रकाशित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्