२२ असार २०८२, आईतवार

रियल मड्रिड डर्टमन्डलाई पराजित गर्दै फिफा क्लब विश्वकपको सेमिफाइनलमा

कोलोराडोखबर संवाददाता , July 6th, 2025

अमेरिका । बोरुसिया डर्टमन्डलाई पराजित गर्दै रियल मड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

केलियन एमबाप्पेले इन्जुरी समयमा गोल गर्दा रियल मड्रिडले डर्टमन्डलाई ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एमबाप्पेको शानदार साइकल किक दोस्रो हाफको इन्जुरी समयमा गोलमा परिणत भएपछि रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

पहिलो २० मिनेटमा गोन्जालो गार्सिया र फ्रान गार्सियाले गोल गर्दै मड्रिडलाई २–० को अग्रता दिलाए। अधिकांश समय खेलमा हाबी भएको रियल

डर्टमन्डका म्याक्सिमिलियन बेयरले इन्जुरी समयको तीन मिनेटपछि गोल गरे। अतिरिक्त समयको आठौं मिनेटमा डीन हुइजसेनले फाउल गरेपछि सेरहाउ गुइरासीले पेनाल्टीमा गोल गरे पनि हार भने टार्न सकेनन् ।

रियल मड्रिडले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्