नेपाल । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
फाइनलमा सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०।५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जित्दा सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्