अमेरिका । एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष विष्णु पौडेल (प्रकाश) ले एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले विगत ८ वर्षदेखि कोलोराडो च्याप्टरमा सक्रिय रूपमा रहेर विभिन्न जिम्मेवारी पूरा गर्दै आएका छन् । च्याप्टरको अध्यक्ष पदमा रहँदा दिनरात खटिएर समाजसेवामा योगदान पुर्याएको अनुभव सँगालेका छन् ।
अहिले एनआरएनए संस्थामा कुनै पक्ष वा विपक्ष नभई निष्पक्ष रूपमा काम गर्दै संस्थाप्रतिको असन्तुष्टि घटाउन र आम गैरआवासीय नेपालीहरूको हकहितको लागि संस्था अझै मजबुत बनाउन उनले उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्