कोलोराडो । अमेरिकाको कोलोराडोमा यही जूलाई १२ शनिबारका दिन चर्चित लोकगायक राजु परियारको प्रस्तुति हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा र कोशेली कोलोराडाको आयोजनामा कार्यक्रम हुन लागेको छ ।
वेस्टमिनिस्ट स्थित अल्ट्रा लाउन्जमा साँझ ५ बजेदेखि राति १० बजेसम्म गायक परियारको धमकेदार प्रस्तुति रहने अनेसास कोलोराडो शाखा अध्यक्ष किरण अधिकारीले बताउनु भयो ।
अमेरिका यात्रामा रहनु भएका गायक परियारको कोलोराडोमा २५औं लोकगायन यात्रा सम्मान र सांगीतिक साँझ कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा गायक गायिकाहरु अमृता मगर र चन्द्र शर्माले साथ दिने छन् ।
उक्त कार्यक्रमको लागि ३० र ३५ डलरको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कोलोराडोवासीहरु आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्