नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो ।
भ्रमणको अन्तिम दिन बिहीबार उहाँले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट गर्नुभयो ।
बिहीबार नै प्रधानमन्त्री ओली दोहा हुँदै नेपाल फर्कने क्रममा रहनुभएको छ । उहाँ शुक्रबार अपराह्न काठमाडौँ आइपुग्नुहुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्