नेपाल । नेपाली काँग्रेसले अब एकपटकका लागि समयावधि थप्दासमेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरूको केन्द्रीय समिति स्वतः भंग हुने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म समयावधि थप्ने कांग्रेसले आन्तरिक तयारी गरेको छ ।
नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघलगायतका भ्रातृ संस्थाहरू तदर्थ समितिमा सञ्चालित छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट गठित निर्देशक समितिलाई बोलाएर भ्रातृ संस्थाको अवस्था बारेमा ब्रिफिङ लिएका छन् ।
भ्रातृ संस्थाको महाधिवेशन गराउन सहजीकरण र समन्वय गर्ने गरी पार्टीबाट निर्देशक समिति बनाइएको थियो । गत चैत मसान्तसम्म महाधिवेशन गराउने गरी निर्देशक समिति बनाइए पनि प्रमुख भ्रातृ संस्थाले निर्वाचित समिति बनाउन सकेनन् ।
प्रतिक्रिया दिनुहोस्