१६ असार २०८२, सोमबार

एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन

कोलोराडोखबर संवाददाता , June 30th, 2025

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन भएका छन् । संघको गत आइतवार सम्पन्न १६औँ साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन, तथा कोषाध्यक्षमा बिनु सुनवार चयन भएका छन् ।

युवा संयोजकमा आशिष परियार, महिला संयोजकमा बन्दना प्रजापति, तथा सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी रहेका छन् । गैर आवासीय नेपाली संघ स्विट्जरल्यान्डको आईसीसी सदस्यमा शुभ एल्मर लामा निर्विरोध चयन भएकी छिन् ।

स्विट्जरल्यान्डको राजधानी बेर्नमा सम्पन्न अधिवेशनमा नेपाली राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रम संघका अध्यक्ष कृष्णप्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्