१६ असार २०८२, सोमबार

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

कोलोराडोखबर संवाददाता , June 30th, 2025

नेपाल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ ।

ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ ।

उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो ।

शुक्रबार थाइल्याण्डको बैंककमा मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए लगत्तै उहाँ पुनः बिरामी पर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्