१५ असार २०८२, आईतवार

गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

कोलोराडोखबर संवाददाता , June 29th, 2025

नेपाल । गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित् नागरिकताको विधेयकको तयारी गरिरहेको बताएका हुन् ।

गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा गैर आवसीय नेपाली नागरिकहरुलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए।

उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पस्ट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्