२१ भाद्र २०८२, शनिबार

जीवन स्मृति प्रतिष्ठानद्वारा पाँच जना श्रष्टा सम्मानित

कोलोराडोखबर संवाददाता , June 29th, 2025

नेपाल । जीवन स्मृति प्रतिष्ठानले विभिन्न सर्जकलाई सम्मानित गरेको छ ।

साहित्यकार लीला उदासीलाई ‘जीवन स्मृति पुरस्कार २०७८,’ निबन्धकार युवराज नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार २०७९,’ कलाकार विक्रमश्रीलाई ‘जीवन स्मृति पुरस्कार २०८०’ तथा कथाकार रीता ताम्राकारलाई ‘जीवन स्मृति पुरस्कार २०८१’ बाट पुरस्कृत गरिएको हो ।

त्यस्तै ‘जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१’ बाट सर्जक चोमु शेर्पा खुसी पुरस्कृत हुनुभयो । पुरस्कारको राशि १० हजार १११ रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्