१४ असार २०८२, शनिबार

एनआरएनए सदस्यता रिपोर्ट: ५३,०८४ जना सदस्यता स्वीकृत, ७,६३१ नयाँ सदस्यता प्रक्रियामा

कोलोराडोखबर संवाददाता , June 28th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण सार्वजनिक गरिएको छ । २७ जुन २०२५ सम्मको तथ्यांक अनुसार, हालसम्म कुल ५३,०८४ जना सदस्यता स्वीकृत भएका छन् भने ७,६३१ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन् ।

देश अनुसार सदस्य संख्या:
१ . जापान – १८,४३५ जना
२. अष्ट्रेलिया – १५,३०० जना
३. संयुक्त अधिराज्य (यूके) – २,७७२ जना
४. क्यानडा – ३,१६५ जना
५. साउदी अरेबिया – ३,१२७ जना
६. अमेरिका – २,६०१ जना
७. संयुक्त अरब इमिरेट्स (युएई) – १,५५६ जना
८. आयरल्यान्ड – १,१०६ जना

संघको क्षेत्रगत विवरण अनुसार:
• एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,१२६ सदस्यता स्वीकृत भएका छन्। यसमध्ये जापानबाट मात्रै १८,४३५ सदस्य रहेका छन्, जुन सम्पूर्ण विश्वभरबाट सबैभन्दा बढी हो।
• दोस्रो धेरै सदस्यता ओसिनिया क्षेत्रबाट १६,२५३ जना रहेको छ। यसमा अष्ट्रेलियाबाट १५,३०० सदस्य छन्।
• अमेरिका महादेशबाट ५,७६६ सदस्य छन्, जसमा क्यानडाबाट ३,१६५ र अमेरिकाबाट २,६०१ रहेका छन्।
• युरोप क्षेत्रबाट ६,५११ सदस्यता स्वीकृत भएको छ। युकेबाट सबैभन्दा बढी २,७७२, आयरल्यान्डबाट १,१०६, र माल्टाबाट २१० सदस्य रहेका छन्।
• मध्यपूर्व क्षेत्रबाट ४,८९६ सदस्यता स्वीकृत भएको छ। साउदी अरबबाट ३,१२७ र यूएईबाट १,५५६ सदस्य रहेका छन्।
• अफ्रिका क्षेत्रबाट जम्मा ५३२ सदस्य रहेका छन्, जसमा सेशेल्सबाट ३२३ जना रहेका छन्।

क्षेत्रगत सहभागिता औसतमा
१. एशिया प्यासिफिक – ३६.०%
२. ओसिनिया – ३०.६%
३. युरोप -१२.२%
४. अमेरिका क्षेत्र – (१०.८%
५. मध्यपूर्व – ९.२%
६. अफ्रिका – १.०%

हालसम्म ५२ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) हरू MIS प्रणालीमा आबद्ध छन् भने १४३ वटा परिषद्हरूलाई सदस्यता स्वीकृत गर्नका लागि प्रशासनिक पहुँच (admin access) प्रदान गरिएको छ । सदस्यता संकलनमा जापान लगातार शीर्ष स्थानमा रहेको देखिन्छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ ।

संघले Smart NRNA मोबाइल एपमार्फत पनि सदस्यता संकलनको प्रक्रिया सजिलो बनाएको छ । आगामी दिनमा थप सदस्यता आवेदनहरूको स्वीकृति भएपछि यो संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्