१४ असार २०८२, शनिबार

कवि मञ्जुललाई गोपालप्रसाद रिमाल पुरस्कार प्रदान गरिने

कोलोराडोखबर संवाददाता , June 28th, 2025

नेपाल । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि मञ्जुल (मेघराज शर्मा नेपाल) लाई प्रदान गरिने भएको छ ।

कविता, गीत, उपन्यास, यात्रा संस्मरण र अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढी कृति प्रकाशन गरेर नेपाली वाङ्मयलाई योगदान दिनुभएका मञ्जुललाई पुरस्कृत गर्ने निर्णय गरिएको साहित्य सदनले जनाएको छ ।

सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । साहित्य सदनका कोषाध्यक्ष साहित्यकार वसन्त रिजालको सौजन्यमा स्थापित ३० हजार राशिको पुरस्कार असार २१ मा रिमाल जयन्तीका अवसरमा प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्