-आर. आर. चौलागाईं-
उसले पचहत्तर वर्षमा एउटी बीस वर्षकी केटीसँग विवाह गर्यो ।
अथाह सम्पत्ति । आँखाले नभ्याउने जमीन । बेहिसाब गरगहना । तर पनि केटी सधैँ चिन्तित । जहिले पनि झोक्राइरहने ।
उसले श्रीमतीको कति औषधि गर्यो । तर केही सीप लागेन ।
एक दिन उसको घरअगाडिको घरमा एउटा युवक डेरा लिएर बस्न थाल्यो । त्यस युवकसँग उनीहरूको आउनेजाने क्रम बढ्न थाल्यो ।
अचेल उसकी श्रीमती चिन्तित पनि छैन । झोक्राएकी पनि छैन । सधैँ प्रफुल्ल देखिन्छे ।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्