१४ असार २०८२, शनिबार

व्यंग्य : झोलेमय

कोलोराडोखबर संवाददाता , June 28th, 2025

-आर.सी रिजाल-
नाति– अस्ति हजुरबाको सल्लाहनुसार भैंसीको निबन्ध लेखेर पुरस्कार पाएँ। भोलिको लागि सरले ” झोले ” को निबन्ध लेखेर ल्याउनु भन्नुभएको छ। हजुरबा– झोले कहाँ पाइन्छ्न् ? कस्ता रंगका हुन्छन् ? …..

हजुरबा — झोले आफ्नो तन्तु मालिकलाई चढाएको दुईखुट्टे जन्तु हो।यी यत्रतत्र सर्वत्र पाइन्छन्। झोलेका भालेपोथी सबै छेपारे रंगका हुन्छ्न्।

नाति — यसको न्वारान कसले गरेको र झोलामा के बोकेको हुन्छ्न् ??

हजुरबा — झोले नामकरण खाँटी जनताले गरेका हुन्। यसलाई अङ्ग्रेजीमा एकलखे लगाएर ” ब्यागे ” भनिन्छ।यिनका झोलामा हावामा खेतीगर्ने मालिकले दिएको भ्रमका बिउले भरिएको हुन्छ्।झोलेले मालिकले दिएको चस्मा अनिवार्य पहिरनु पर्छ। जुन चस्माले गोबरलाई गुँदपाक र बड्कौंलोलाई पुस्टकारी देख्छन् र त्यसको उचित सदुपयोग गर्छन् पनि ।

नाति — अन्तिममा मैले सोध्न बिर्सिएको तपाईंले भन्नुपर्ने केही कुरा छ्न् कि ?

हजुरबा — थुप्रै छ्न्।मालिकले भनेको कुरा रिठ्ठो नबिराइ दोहोर्‍याउन पर्नेहुँदा झोलेलाई पट्टु पनि भनिन्छ।मालिकबाट आसगर्ने भएकोले झोलेलाई दास वा मालिकजीवी प्राणी भनेको सुनिन्छ। हिजोआज नेतासमेत आफुलाई झोले भन्नमा गर्व महसुस गर्न लागेकाले देस झोलेमय भएको छ। जय झोले !!!!

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्