नेपाल । प्रतिनिधि सभाको बैठकमा रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध कायमै गरेको छ ।
शनिबार बसेको प्रतिनिधि सभा बैठकमा उनीहरु विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचिलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।
साथै, रास्वपाका सांसदहरुले शनिबारको बैठकमा पनि निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाका सांसदहरुले गृह मन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्