५ असार २०८२, बिहीबार

अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि छानबिन हुने

कोलोराडोखबर संवाददाता , June 19th, 2025

नेपाल । ईंट्टाभट्टामा जिउँदै मान्छे हालेर मारेको अभियोगमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि छानबिन हुने भएको छ ।

उक्त आदेश दिने न्यायधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जन न्यायपरिषद्‍मा तानिएका छन् । न्यायपरिषद् बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै सर्वोच्चमा ल्याएको परिषद्ले जनाएको छ ।

न्यायधीशद्वयविरुद्ध उजुरी पर्नुका साथै चौतर्फी दबाब बढेपछि परिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूविरुद्ध न्यायपरिषद्‍मा मृतक पिन्टु त्रिलोकका बुबासहितकाले उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्