कोलोराडो । २०२५ जुन १२ मा ग्लोबल फेस्ट २०२५ को भव्य स्वागत समारोह नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्ड संयुक्त आयोजनामा सम्पन्न भयो । उक्त कार्यक्रमले नेपालका सांस्कृतिक, कलात्मक, र पाक परम्पराहरूलाई अन्तर्राष्ट्रिय समुदायसामु प्रभावशाली ढंगले प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरोरा शहरका मेयर Mike Coffman र अमेरिकी नेपाली राजदूतावासका उपप्रमुख शरदराज अरन (Deputy Chief of Mission) को उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन आकर्षक शैलीमा Youbesh Dhaubhadel ले गरे। सांस्कृतिक प्रस्तुतिहरू अन्तर्गत:
-Sabisha Shrestha द्वारा कुमारी नृत्य
-Gejung, Rije, phubu Doma, Jyamu, Kesang र समूहद्वारा स्याब्रु नृत्य
-Pratikshya, Silpa, Yureeka, र Anjel द्वारा नेवाः धिमे नृत्य
दर्शकहरूलाई मन्त्रमुग्ध तुल्याउने खालका रहे ।
समारोहमा अरोरा शहरका मेयर Mike Coffman र अमेरिकी नेपाली राजदूतावासका उपप्रमुख शरदराज अरन (Deputy Chief of Mission) बीच उपहार आदान प्रदान गर्ने क्रममा नेपालका पौभा कलाकार उजय बज्राचार्य द्वारा सिर्जित बुद्धको पौभा चित्र पनि प्रदान गरिएको थियो ।
कोलोराडो नेपलिज कम्यनिटीद्वारा यस कार्यक्रमलाई विशेष रूप दिनको को लागी Swosti Rajbhandari Kayastha द्वारा परिकल्पना र समन्वय गरिएको Nostalgic Expressions शीर्षकको नेपाली डायस्पोरा कलाकारहरूको कला प्रदर्शनी लागि विशेष आमंत्रण गरिएको थियो। यो प्रदर्शनी उहाँले २०२४–२५ मा Fulbright Visiting Scholar को रूपमा Asian Art Museum, San Francisco मा गरेका अनुसन्धानको साङ्गठित परिणाम हो।उक्त प्रदर्शनीमा ७ जना कलाकारका २४ वटा कलाकृति प्रदर्शन गरिएको थियो ।
पारंपरिक नेवाः भोजनको स्वाद Taste of Kathmandu द्वारा प्रस्तुत गरियो । साथै, निम्न संस्थाहरूले कार्यक्रमलाई सहयोग पुर्याएः
Rocky Mountain Momo,
Raksi,
Himalayan Kitchen,
Himalayan Coffee,
Nepal Tea Collective,
Alankrita Decorations .
यो समारोहले नेपाली कला, संस्कृति, र आतिथ्य भावनालाई अन्तर्राष्ट्रिय समुदायमा उजागर गर्ने ऐतिहासिक अवसर प्रदान गर्यो । राजदूतावासको प्रमुख आतिथ्य, पर्यटन बोर्डको सहभागिता र कोलोराडो नेपाली समुदायको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू, अमेरिकी सरकारका पदाधिकारीहरू, व्यापारिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरू, र विविध समुदायका विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो ।
“जब Ms. Binisha Shrestha ले मलाई ग्लोबल फेस्टको सम्भावनाबारे जानकारी दिइन, म एकदम उत्साहित भएँ र तुरुन्तै समर्थन गरेँ – र आज हामी यहाँ उपस्थित छौं,” नेपालका उप-राजदूत शरदराज अरनले भावनात्मक रूपमा उल्लेख गर्नुभयो ।
“यो हाम्रो संस्कृति र पहिचानको उत्सव हो – हामी गर्वका साथ नेपाललाई विश्वसामु ल्याएका छौं,” कार्यक्रममा संयोजक बिनिशा श्रेष्ठले भनिन् ।
प्रतिक्रिया दिनुहोस्