४ असार २०८२, बुधबार

नेकपा एसले ५० जिल्लामा गर्यो अधिवेशन

कोलोराडोखबर संवाददाता , June 18th, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालकाअनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन भइरहेका छन् ।

बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्