४ असार २०८२, बुधबार

समसामयिक राजनीतिक विषयमा ओली र देउवाबीच छलफल

कोलोराडोखबर संवाददाता , June 18th, 2025

नेपाल । बुधबार समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् ।

बैठकमा रास्वपाको जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्