अमेरिका । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।
नयाँ सिजनको ड्राफ्टमा नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद पर्नुभएको हो ।
सन्दीपले यसअघि पनि बिबिएल खेलिसक्नुभएको छ । उहाँले दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेल्नुभएको थियो ।
बिबिएलको ड्राफ्टमा १९ देशका चार सय ४० खेलाडी समावेश छन् । खेलाडीको अक्सन जुन १९ तारिख हुने छ ।
प्रतिक्रिया दिनुहोस्