नेपाल । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधि टोलीले छलफल गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्