२ असार २०८२, सोमबार

नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , June 16th, 2025

नेपाल । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उहाँको बिहान ५ बजे निधन भएको जानकारी उहाँका भतिजा दुर्गाप्रसाद पौडेलले दिनुभयो ।

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले आउने क्रममा हुनुहुन्छ । मङ्गलबार उहाँहरू आएपछि स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पनि पारिवारिक स्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्