२७ जेष्ठ २०८२, मंगलवार

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नसहित रास्वपाको ५ बुँदे प्रस्ताव

कोलोराडोखबर संवाददाता , June 10th, 2025

नेपाल । भिजिट भिसा दुरुपयोग तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नसहित राष्ट्रिय स्वतन्त्र पार्टीले ५ बुँदे प्रस्ताव पेश गरेको छ ।

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न रास्वपाले प्रस्ताव गरेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि रास्वपासहितका प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउनुपर्ने मागसहित संसद अवरुद्ध गर्दै आएका छन् ।

देशबाट सम्मानजनक रोजगारीको खोजीमा विदेश जान चाहने नेपाली नागरिकहरू भिजिट भिसामार्फत मानव तस्करीमा परिरहेका गम्भीर घटनाहरू सार्वजनिक भएसँगै अध्यागमन कार्यालय लगायतका सरकारी निकायहरूको संलग्नताबारे गम्भीर प्रश्न उठेको र मुलुकको कानूनी शासन, मानव अधिकार र अन्तरराष्ट्रिय छविमाथि प्रतिकुल प्रभाव पारेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्