२७ जेष्ठ २०८२, मंगलवार

काठमाडौँ महानगरका तत्कालीन उपनिर्देशक कोइरीबिरुद्ध भ्रष्टाचार मुद्दा

कोलोराडोखबर संवाददाता , June 10th, 2025

नेपाल । काठमाडौँ महानगरपालिकाका तत्कालीन उपनिर्देशक (इन्जिनियर) रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

उनीमाथि चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी मुद्दा प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्