२७ जेष्ठ २०८२, मंगलवार

नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाऔंः देउवा

कोलोराडोखबर संवाददाता , June 10th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताए ।

सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको सभापति देउवाले बताए। पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने उनले बताए ।

सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउँदै हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको उल्लेख गरे । उनले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्