नेपाल । परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताउनुभएको छ ।
राहदानी विभागद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै परराष्ट्रमन्त्री राणाले राहदानी प्राप्त गर्नु नागरिकको अधिकार भएको बताउनुहुँदै यसमा कुनै प्रकारको अवरोध हुन नहुने धारणा औंल्याउनुभयो ।
परराष्ट्रमन्त्री राणाले विगतमा राहदानी बनाउन झन्झटिलो प्रक्रियाले सर्वसाधारणलाई समस्या भएको बताउनुहुँदै अब डिजिटल प्रविधिको माध्यमबाट सजिलो र सुलभ सेवा प्रवाह गर्ने दिशामा सरकार अघि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्