२६ जेष्ठ २०८२, सोमबार

ब्राजिल र कोलम्बियामा एनआरएनएको तदर्थ समिति गठन

कोलोराडोखबर संवाददाता , June 9th, 2025

अमेरिका । दक्षिण अमेरिका महादेशका दुई देश ब्राजिल र कोलम्बियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तदर्थ समिति गठन भएको छ ।

कोलम्बियामा छत्रबहादुर मैनाली र ब्राजिलमा सन्देश लामिछानेलाई तदर्थ समितिको अध्यक्ष तोकिएको छ ।

कोलम्बियाको तदर्थ समितिका पदाधिकारीहरुमा लालबहादुर गुरूङ, सुन्दर तामाङ, धनबहादुर तामाङ, प्रेमबहादुर क्षेत्री र मिथुन थापा क्रमशः उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा जीतबहादुर गुरूङ, कमल शर्मा र महिला सदस्यमा प्रविना राई छन् । संघको सल्लाहकारहरुमा हर्कमान गुरूङ र उमेश थापा छन् ।

ब्राजिलको तदर्थ समितिमा साहस चौधरी, कृष्ण मास्की, शंकर बास्कोटा, हरिकृष्ण रेग्मी र बबिता गुरूङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव, उपसचिव र कोषध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा रिताकुमारी गोले, प्रदीप चौधरी र महिला सदस्यमा तारा गैरे रहेका छन् । तदर्थ समितिको सल्लाहकारहरुमा डा. कृष्ण पाठक र राम बस्नेत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्