२६ जेष्ठ २०८२, सोमबार

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ नेपाली आइतबार राति नेपाल आइपुगे

कोलोराडोखबर संवाददाता , June 9th, 2025

नेपाल । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू आइतबार राति नेपाल आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो ।

३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।

अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ । ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्