काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनैतिक दलका कार्यकर्ताहरुलाई झोले होईन समर्पित बनाउनु पर्ने धारणा राखेका छन् ।
आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजनैतिक दलले कार्यकर्ताहरुलाई राष्टप्रति र जनताप्रति समर्पित बनाउनु पर्नेमा जोड दिए ।
प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाउँदै उनले ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउन तर झोले नवनाउन सुझाए ।
,‘वर्तमान सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ। त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं। सरकार गलत बाटो नहिडोस्, गलत दृष्किोण त्यागोस्। आग्रहपूर्वाग्रह नलियोस्।
देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस्। आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस् ,झोले नबनाउनुहोस्।’उनले भने । कार्यकार्तालाई झोले बनाउने काम पनि नगर्नुहोस्। असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन। ओलीजिले बदलाको राजनीति छोडनुपर्छ। उनले भने ।
त्यस्तै उनले शक्तिशाली सरकार भएर पनि सरकारले देश र जनताके पक्षमा राम्रा काम गर्न नसकेको बताए ।
उनले भने,‘सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा खोइ ध्यान दिएको रु जबकी यो भन्दा शक्तिशालि सरकार संभवत अर्को बन्न सक्दैन्। सङ्ख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो। जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ।’
त्यस्तै उनले प्रतिस्पर्धाको राजनीतिमा आफूहरु लागिरहेको भन्दै प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे।
अर्को प्रसंगमा उनले भने ‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ। अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन। म सुशासनको पक्षपाती हुँ। तर, मैमाथि यो किसिमको आरोप लागेको छ। यसको कानूनी उपचार हुन्छ। हाम्रा कानूनका जानकार साथीहरुले हजार पृष्ठको दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ।’
उनले भने ,‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ। हामीले भनेका छौँ सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्। हामिले सरकारले गलत बाटो त्यागोस्। हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौँ। सरकारलाई हामी खबरदारी समेत गर्दै आइरहेका छौँ।’
बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्