२६ जेष्ठ २०८२, सोमबार

भिजिट भिसा प्रकरणका कारण एक सातादेखि प्रतिनिधिसभाको बैठक अबरुद्ध

कोलोराडोखबर संवाददाता , June 9th, 2025

नेपाल । पटक पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सोमबार पुनः बोलाइएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।

गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ ।

संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्