२६ जेष्ठ २०८२, सोमबार

चलचित्र समीक्षक समाजको अध्यक्षमा सामीप्यराज निर्वाचित

कोलोराडोखबर संवाददाता , June 9th, 2025

नेपाल । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित हुनुभएको छ ।

काठमाडौँको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारण सभाले तिमिल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल पत्रकार महासंघसँग आबद्ध एसोसिएट संस्था ‘फिक्सन’ को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रिना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल रहनुभएको छ ।

साधारण सभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञश पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्