अमेरिका । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या भएको छ ।
भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा विहीबार राति दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको स्थानीय प्रहरीले जानकारी दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ।
सो परिवार करिब छ महिनाअघि नेपालबाट अमेरिका पुगेको थियो । गत वर्ष भएको ममता भट्ट हत्याकाण्ड समेत यही सिटीमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्