२४ जेष्ठ २०८२, शनिबार

कविताः तन यो नगल्दै

कोलोराडोखबर संवाददाता , June 7th, 2025

-सुदीपभद्र खनाल-
जो राजहंस मन डुब्दछ वासनामा
तोडेर यी जग बन्धन विघ्न धामा
होस् कृष्णका चरणमा स्थिर अन्त्यमा गै
यो चित्त पित्त कफले तन यो नगल्दै

अज्ञान को हृदय वादल छाँटिएर
भै स्थित प्रज्ञ मन शान्त प्रभो भजेर
प्राणान्तमा चरणमा प्रभुका परूँ गै
भै ग्रस्त पित्त कफले तन यो नगल्दै

एकाग्र चित्त सँगले चरणारविन्द
श्री कृष्ण नित्य म भजूँ र भुलूँ अनित्य
जा जा तँ चित्त अब जा प्रभु भक्तिमा गै
हो स्थिर पित्त कफले तन यो नगल्दै

हे दीनवन्धु भवसिन्धु अपार तार
हे विश्वनाथ अनन्त लगाउ पार
श्री भूमिजानाथ जपूँ म आजै
भै रुग्ण पित्त कफले तन यो नगल्दै ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्