नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गरेका छन् ।
बिहीबार जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पणी गरेका हुन् । देउवाले पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उल्लेख गरे ।
सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्