२३ जेष्ठ २०८२, शुक्रबार

मुक्तिनाथ केबुलकारको ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत

कोलोराडोखबर संवाददाता , June 6th, 2025

नेपाल । लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको ६४ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

स्वीकृत परियोजनामध्ये सबैभन्दा ठुलो ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबुलकार परियोजनाको ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

त्यस्तै बोर्ड बैठकले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् परियोजना, ४४ मेगावाटको बकान खोला जलविद्युत् परियोजना र ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युत् परियोजनाका लागि गरी जम्मा ५९ अर्ब ७६ करोड रुपियाँ लगानी स्वीकृत गरिएको बोर्डको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्