२३ जेष्ठ २०८२, शुक्रबार

आईपीएल जितेको उत्सवमा भागदौड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , June 5th, 2025

नेपाल । बेङ्गलुरुमा आईपीएल टोलीको विजय उत्सवमा बुधबार भागदौड मच्चिँदा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनास्थलमा लाखौँ मानिसहरूको भीड थियो। स्थानीय अधिकारीहरूका अनुसार र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरू अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गए । ​

उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् ।

यसैबीच, रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्