२५ जेष्ठ २०८२, आईतवार

नेपालले जित्यो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड

कोलोराडोखबर संवाददाता , June 5th, 2025

अमेरिका । नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड जितेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुसार नेपालले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड जितेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

आइसिसीले प्रदान गर्ने आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको हो ।

नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका छन् । नेपालले लगातार दोस्रो पटक यो अवार्ड जितेको हो।

प्रतिक्रिया दिनुहोस्